नापी कार्यालयका सर्वेक्षक र बिचाैलिया १ लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ

नापी कार्यालयका सर्वेक्षक र बिचाैलिया १ लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ



झापा । झापाको भद्रपुरमा रहेको नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादव एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जग्गा कित्ताकाट गरिदिएबापत घुस मागेको सूचनाका आधारमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनीहरूको साथबाट घुस लिएको ७० हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँको चेक बरामद भएकाे अख्तियारकाे भनाइ छ ।