विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक सुरु भएकाे छ । बैठकमा नेकपा (एमाले) र कांग्रेसका सांसद सत्तापक्षको लहरमा बसेका छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र जसपाका सांसद विपक्षीको लहरमा छन् ।
कोसीका मुख्यमन्त्रीलाई जसपा र राप्रपाबाहेक सबै दलले विश्वासको मत दिने तय भएको छ ।
सभामा कांग्रेसका २९ र एमालेका ३९ सांसद छन् ।
कार्की एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रतिक्रिया