कोशीमा माओवादीका उप्रेती र एकीकृत समाजवादीका जगेबु मन्त्री नियुक्त

कोशीमा माओवादीका उप्रेती र एकीकृत समाजवादीका जगेबु मन्त्री नियुक्त

सरकारबाट बाहिरिने एमालेको तयारी



विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जगेबुलाई मन्त्रीमा नियुक्त गरेक छन् ।

मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु उप्रेती र जगेबुलाई मन्त्री बनाउने निर्णय गरेका हुन् ।

उनीहरुकाे आजै केही समयमा शपथग्रहण गर्ने तयारी छ ।

एमालेले आफू र कांग्रेसका संसदलाई मात्रै मन्त्री बनाउनु पर्ने धारणा राख्दै आएकाे थियाे । मुख्यमन्त्री कार्कीले नयाँ सरकार बनेको २० दिन भइसकेको र गठबन्धनका सबै तर्फबाट सबैलाई समेट्ने दबाब रहेको जवाफ दिएका थिए ।

एमालेले कांग्रेस बाहेकका अन्य दललाई सरकार सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । कार्की नेतृत्वको सरकारमा एमालेको प्रदेश सभाको उपनेता राम राना मन्त्री छन् ।

एमालेले कोशी प्रदेश सरकारबाट बाहिरिने बताएको छ । मुख्यमन्त्री कार्कीले सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्र र जनता समानवादी पार्टीलाई सरकारमा सहभागि गराएका कारण एमालेले सरकार छाड्ने बताएको हो ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारबाट बाहिरिने बताए । यसको औपचारिक निर्णय भने सोमबार गर्ने उनले बताए ।