काठमाडौं । टी-२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
अकिब इल्यास १९ बलमा तीन छक्का र दुई चौकासहित ३३ रन जोडेर आउट भए । १० औँ ओभरको चौथो बलमा उनी गुल्शन झाको बलमा आउट भएका हुन् । कश्यप प्रजापति ४७ रनमा खेल्दैछन् ।
अकिब र प्रजापतीबीच दोस्रो विकेटका लागि ६७ रनको साझेदारी भयो । ओमानले २७ रन जोड्दा पहिलो विकेट गुमाएको थियो ।
ओमानले १० ओभरमा २ विकेट गुमाएर ९७ रन जोडेको छ । ओमानलाई अब १० ओभरमा ८८ रन आवश्यक छ ।
प्रतिक्रिया