जाजरकोट भूकम्पमा परी ११ विद्यार्थीको मृत्यु भएको छ । एक शिक्षकको मृत्यु भएको छ भने दुई शिक्षक घाइते भएका छन् । यस्तै २० विद्यार्थी भूकम्पमा परी घाइते भएका छन् । तथ्यांक संकलनको काम भइरहेकाले थप विवरण आउने क्रममा रहेको प्रहरीले जनाएको छ ।
आइतबार रातिसम्म प्राप्त विवरणअनुसार ९१ वटा विद्यालयको ३ सय ६६ वटा कक्षा कोठा भूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको हो । यस्तै विद्यालयका ४३ वटा शौचालयमा क्षति पुगेको छ भने ११ वटा कम्प्युटर कक्षा (आईसीटी) मा पूर्ण क्षति पुगेको छ ।
यसैगरी एक पुस्तकालय, सात वटा घेराबार र चार वटा सोलार सिस्टममा पूर्ण क्षति पुगेको विवरण प्राप्त भएको छ । जिल्लाका एक सय २२ विद्यालयका चार सय ७६ कक्षा कोठामा आंशिक क्षति पुगेको छ । ३५ वटा शौचालयमा पनि आंशिक क्षति पुगेको छ ।
प्रतिक्रिया