गण्डकीकाे भौतिक मन्त्रालयले महसुल नबुझाएपछि काटियो बिजुली

गण्डकीकाे भौतिक मन्त्रालयले महसुल नबुझाएपछि काटियो बिजुली



पोखरा । नेपाल विद्युतु प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको  विद्युत महसुल नतिरेपछि बिजुली काटिदिएको छ ।

केन्द्रले ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि मन्त्रालयको बिजुली काटिदिएको हो । केन्द्रका अनुसार मन्त्रालयले २७ हजार ६५ रूपैयाँ बक्यौता तिर्न पर्ने छ ।

तर, मन्त्रालयलाई भने त्यसको असर परेन । दिनभर नियमित दिन झैँ काम भइरह्यो । मन्त्रालयमा दुई फेज र तीन फेज लाइन जडान गरिएको छ । त्यसकारण एक फेजको लाइन काटिए पनि अर्को फेजबाट आपूर्ति भएको मन्त्रालयले जानकारी दिएकाे छ ।

प्राधिकरणले भने सोलारले काम गरेको र सोलारको क्षमता सकिएपछि विद्युत् आपूर्ति ठप्प हुने जनाएको छ ।

पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तीव्र गतिमा अघि बढाएको छ ।