काठमाडौं । सुदूरपश्चिम प्रदेशकाे बाजुरामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का त्यसैको परकम्प भएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया