सन्दीप लाछिानेविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट

सन्दीप लाछिानेविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट

अर्को पेसी मंसिर २४ गते



काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ ।

लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट माग गर्ने आदेश दिएको हो ।

इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्काे पेसी २४ मंसिरलार्ई तोकिएको छ ।

सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन ।

२०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा पटक-पटक सर्दै आइरहेको थियो । त्यस्तै जिल्ला अदालतमा न्यायाधीश अभावमा पेशी चढे पनि स्थगित भएको थियो ।

काठमाडौं जिल्ला अदालतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो ।