काठमाडौं । हेटौडा–चतरा–धरान सडक निर्माणसँगै उदयपुरको बेलका नगरपालिका अन्तर्गत सप्तकोशी नदीको आसपासका क्षेत्रमा होटल, रिर्सोट खुल्ने क्रम सुरु भएको छ । पूर्व–पश्चिमको भित्री मधेशलाई समेटेर निर्माण सुरु गरिएको हेटौडा–चतरा–धरान निर्माण सम्पन्न भएसँगै पर्यटकीय चहलपहल हुन थालेको छ ।
भित्री मधेशको जंगल, विराटनगर, इटहरी र धरानबाट नजिक भएकाले आन्तरिक पर्यटनको प्रचुर सम्भावना देखिएको छ । सप्तकोशीमा बोटिङ, प्याराग्लाइडिङको सम्भावना र स्थानीय कृषि उत्पादनको परिकार यहाँको आकर्षिण हो ।
भारतको बिहार राज्यको सीमा क्षेत्र पनि नजिक रहेकाले विदा मनाउन र रिफ्रेसमेन्टका लागि यो क्षेत्र आकर्षक मानिन्छ । सारंगकोटपछि सप्तकोश आसपासमा विकसित हुँदै गएको प्याराग्लाइडिङ यहाँको आकर्षण हो ।
भर्खरै विकसित हुँदै गएको यो क्षेत्रमा स्थानीय उत्पादनको परिकारले पाहुनालाई लठ्ठ बनाउँछ । सप्तरीको राजविराज र महोत्तरीको लाहनबाट पनि आन्तरिक पर्यटक आउने भएकाले यो क्षेत्रमा चहलपहल विस्तारै बढ्दै गएको स्थानीय बताउँछन् । चहलपहलसँगै व्यवसायमा वृद्धि हुनका साथै घर–जग्गा कारोबार पनि बढेको बताइएको छ ।
प्रतिक्रिया