नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

माझडाँडा बोलिङटारबाट कावासेती आउँदै गरेको आइतबार बिहान साढे ११ बजे जीप तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जानकारी दिएको छ ।

घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ ।

मृतकमध्ये ३ जना महिला र ३ पुरुष रहेको प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनास्थलमा प्रहरी उद्दारमा खटिएको छ । वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख वेदबहादुर पौडेलले जानकारी दिए । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।