टिकटक बन्द गर्ने देशकाे संख्या नेपालसहित २८ पुग्याे, कहाँ-कहाँ चल्दैन ?

टिकटक बन्द गर्ने देशकाे संख्या नेपालसहित २८ पुग्याे, कहाँ-कहाँ चल्दैन ?



काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मध्य एशियाली मुलुक किर्गिस्तानले हिजो अगस्त ३० देखि बालवालिकाको कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै टिकटक प्रतिवन्ध लगाउने निर्णय गरेको थियाे । यससंगै बाइटडान्स्, अश्लिलता, मानव बेचविखन, गलत सूचना अफवाह प्रवाह, राष्ट्रिय सुरक्षा, युवाहरूको मानसिक स्वास्थ्य लगायतका कारण देखाउदै टिकटकमा प्रतिवन्ध लगाउने देशको संख्या हाल २८ पुगेको छ ।

१) बेलायत:- सुरक्षाका कारण देखाउदै मन्त्री, सचिव लगायत सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२३
२) अमेरिका:- सुरक्षाका कारण सरकारी प्रणालीमा आवद्वता र सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२२
३) न्यूजिल्यान्ड:- GCSB को सुझावमा सुरक्षाका कारण सरकारी एप्लिकेसन प्रणालीसंग आवद्वता प्रतिवन्ध सन् २०२३
४) क्यानडा:- गोपनियता र सुरक्षा जोखिम देखाउदै सरकारी अधिकारीले प्रयोगमा प्रतिवन्ध सन् २०२३
५) ताइवान:- राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२२
६) बेल्जियम:- गोपनियता, साइवर सेक्युरिटी र गलत सूचना प्रवाह हुने जोखिम देखाउदै सन् २०२३
७) डेनमार्क:- साईवर सुरक्षा जोखिमका कारण सरकारी प्रणाली,निकायमा प्रयोग प्रतिवन्ध सन् २०२३
८) पाकिस्तान:- जातीय तथा धार्मिक द्वन्द फैलाउने सुरक्षा जोखिम देखाउदै सन् २०२०
९) अफगानस्तान:- युवाहरूमा नकरात्मकता विकास हुने र जातिय धार्मिक द्वन्द फैलने जोखिम र ईस्लामिक कानून विपरित देखाउदै सन् २०२२ मा टिकटक र पव्जी
१०) भारत:- गोपनियता, सुरक्षा जोखिम र टिकटकको ByteDance technology जोखिम देखाउदै टिकटक लगायत चीनिया अन्य एप प्रयोगमा प्रतिवन्ध सन् २०२०
११) सोमालिया:- गलत अफवाह फैलाउने जोखिम देखाउदै सिमित कन्टेन्ट पोस्ट बाहेक अन्य प्रतिवन्ध सन् २०२३
१२) अर्मेनिया:- विगत ३५ बर्षदेखि चलिरहेको नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२०
१३) अजरवैजान:- नागोर्नो कारबाख युद्वलाई सहयोग पुग्ने र राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२०
१४) बंगलादेश:- पोर्नोग्राफी,जुवाखेल र सुरक्षाको जोखिम देखाउदै सन् २०१८ र पब्जी फ्रि फायर सन् २०२१
१५) इन्डोनेसिया:- धार्मिक द्वेष उत्पन्न हुन सक्ने खतरा र पोर्नोग्राफीको जोखिम देखाउदै सन् २०१८
१६) ईरान: धार्मिक कारण देखाउदै सन् २०२३
१७) जोर्डन:- प्रोटेस्टरलाई सहयोग पुग्ने र सुरक्षामा खतराको जोखिम देखाउदै अस्थाई रूपमा प्रतिवन्ध सन् २०२२
१८) अष्ट्रिया:- अष्ट्रियाको intelligence service को प्रतिवेदनमा सुरक्षा जोखिम देखाउदै सन् २०२३
१९) ईस्टोनिया:- राष्ट्रिय सुरक्षा जोखिम देखाउदै सन् २०२३
२०) फ्रान्स:- Data security जोखिम देखाउदै Tiktok,Twitter, instagram, Netflix, Candy Crush लगायतका एपको प्रयोग सरकारी कर्मचारीले गर्न नपाईने सन् २०२३
२१) आयरल्यान्ड:- साईवर सुरक्षा जोखिम देखाउदै सन् २०२३
२२) लाटभिया:- सुरक्षा जोखिम देखाउदै सन् २०२३
२३) माल्टा:- साईवर सुरक्षा जोखिम देखाउदै सरकारी प्रणालीहरूमा प्रयोग पूर्ण प्रतिवन्ध सन् २०२३
२४) नेदरल्यान्ड :- Data protection जोखिमका कारण सरकारी कर्मचारीले प्रयोगमा प्रतिवन्ध सन् २०२२
२५) नर्वे:- राष्ट्रिय सुरक्षा अथोरिटीको प्रतिवेदन अनुसार प्रम, मन्त्री, सचिव, राजनितिक सल्लाहकारहरूले प्रयोगमा प्रतिवन्ध सन् २०२३
२६) अष्ट्रेलिया:- सुरक्षा जोखिमका कारण सरकारी अधिकारी, मन्त्री,सल्लाहकारले सरकारी डिभाईस र मोवाईलमा प्रयोगमा प्रतिवन्ध सन् २०२३
२७) किर्गिस्तान:- हिजो अगस्त ३० देखि बालवालिकाको कुलत र मानसिक स्वास्थ विग्रेको कारण देखाउदै टिकटक प्रतिवन्ध लगाउने निर्णय सन् २०२३
२८) नेपाल:- सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै बन्द गर्ने निर्णय सन् २०२३