अमेरिकी राष्ट्रपति र चीनियाँ राष्ट्रपति बिचमा चार घन्टा लामो बार्ता

अमेरिकी राष्ट्रपति र चीनियाँ राष्ट्रपति बिचमा चार घन्टा लामो बार्ता



सान फ्रासिन्सिको । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटबार्ता भएको छ । सो क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले दुई देश बिचको सम्बन्धको अवस्थालाई  रचनात्मक र फलदायी बैठकको रूपमा वर्णन गरेका छन ।

उनले सीसँगको वार्ता पछि भने, ‘हामीले केही रचनात्मक र फलदायी छलफलहरू गरेका छौं तर हामी सधैं सहमत सबै बिषयमा भएका त छैनौं ।’ उनका अनुसार राष्ट्रपति सीसँगको उनको वार्ता सधैं प्रस्ट रुपमा हुने गरेको छ ।

‘मेरो जिम्मेवारी यसलाई तर्कसंगत र व्यवस्थित बनाउनु हो ताकि यसले द्वन्द्वमा नलैजाओस, अमेरिकाले सबैको बारेमा सोच्ने र गर्ने पनि यही हो। अब पनि एक ठाउँ खोज्न जहाँ हामी सँगै आउन सक्छौं र जहाँ हामी पारस्परिक चासो पाउन सक्छौं र सबैभन्दा महत्त्वपूर्ण अमेरिकी जनताको हितमा मैले काम गर्नुपर्ने हुन्छ’ सो भेट पछि राष्ट्रपति वाइडेनले भने । 

बाइडेनले उपराष्ट्रपतिको रूपमा आफ्नो समयमा सीसँग गहिरो सम्बन्ध बनाएका थिए तर जुन पछि बिग्रँदै गयो । तैपनि उनले सीसँग सीधा सिधा बार्ता गरेका छन् ।

‘म मानिसलाई चाँडो चिन्दछु, मलाई उहाँको मोडस अपरेन्डी थाहा छ, मैले उहाँको आँखामा हेरे,’ उनले भने, ‘हो हामी बिचमा धेरै नै असहमति छ । उहाँसँग धेरै चीजहरूमा मेरो भन्दा फरक दृष्टिकोण छ तर उहाँ सीधा हुनुहुन्छ ।’

उनका अनुसार दुई नेता बिचमा कुनै समस्या भएमा फोन बार्तामार्फत समस्या समाधान गर्नका लागि सहमत भएका छन ताकी दुवै देश अगाडि बढ्ने कुरा गर्न चाहन्छन् ।

चार घण्टा लामो शिखर वार्तामा दुई नेताले फेन्टानिलको प्रवाहलाई रोक्न, सैन्य सञ्चार पुनर्स्थापना र आर्टिफिसियल इन्टेलिजेन्समा सँगै काम गर्ने विषयमा सहमति जनाएका बाइडेनले बताएका छन् ।

बिडेनले भने कि फेन्टानिलका लागि अग्रसर रसायनहरू कम गर्ने चीनको सम्झौताले जीवन बचाउने र यस विषयमा सीको प्रतिबद्धताको कदर गरेकोसमेत बताएका छन् ।