एकदिवसीय वरीयतामा विराट काेहली तेस्राे स्थानमा उक्लिए

एकदिवसीय वरीयतामा विराट काेहली तेस्राे स्थानमा उक्लिए



काठमाडौं । भारतका स्टार ब्याटर विराट काेहलीले आईसीसी एकदिवसीयकाे ब्याटिङ वरीयतामा एक स्थान सुधार गरेका छन् ।

आईसीसीकाे पछिल्लाे वरीयतामा काेहली चाैथाे स्थानबाट एक स्थान सुधार गर्दै तेस्राे स्थानमा उक्लिएका छन् । भर्खरै सकिएकाे एकदिवसीय विश्वकप क्रिकेटमा ७ सय ६५ रन बनाउँदै काेहली प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडी बनेका थिए ।

एकदिवसीय ब्याटिङ वरीयताकाे शीर्ष स्थानमा रहेका भारतकै ओपनर ब्याटर शुभमन गिल शीर्ष स्थानमै छन् । गिलकाे रेटिङ प्वाइन्ट ८२६ छ भने काेहलीकाे रेटिङ प्वाइन्ट ७९१ छ । याेसँगै काेहली फेरि एक पटक एकदिवसीय वरीयताकाे शीर्ष स्थानमा पुग्ने सम्भावना बलियाे भएकाे आईसीसीले जनाएकाे छ ।

एकदिवसीय वरीयताकाे दाेस्राे स्थानमा पाकिस्तानका बाबर आजम यथावत् छन् । भारतीय टिमका कप्तान राेहित शर्मा एक स्थान सुधार गर्दै वरीयताकाे चाैथाे स्थानमा छन् । पाँचाैँ स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक छन् ।

एकदिवसीय बलिङ वरीयताकाे शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज उक्लिएका छन् । भारतका माेहम्मद सिराजलाई पछि पार्दै महाराज शीर्ष स्थानमा पुगेकाे हुन् ।

एकदिवसीय बलिङ वरीयताकाे दाेस्राे स्थानमा अस्ट्रेलियाका जाेश हेजलवूड, तेस्राे स्थानमा माेहम्मद सिराज, चाैथाे स्थानमा भारतका जसप्रीत बुमराह र पाँचाैँ स्थानमा अस्ट्रेलियाका एडम जाम्पा छन् ।