काठमाडौं । युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच काठमाडौंको बल्खु चोकमा झडप भएको छ ।
कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगाप्रहार भएपछि झडप भएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको बेला युवासंघको र्याली बल्खुमा पुगेको थियो ।
झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । ‘तपाईहरुको कार्यक्रम बल्खुमा हो भने जानुहोला, तीनकुने हो भने तीन कुनेमा जानुहोला चोकमा नबस्नुहोला’, माइकिङ गर्दै प्रहरीले भनेको छ ।



प्रतिक्रिया