एक सय अस्थायी घर टहरा निर्माण अन्तिम चरणमा : कांग्रेस

एक सय अस्थायी घर टहरा निर्माण अन्तिम चरणमा : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ०५ रघुनाथ, ऐरारी, पोखरा र मुलिमा एक सय अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

‘जाजरकोट भूकम्प’ बाट प्रभावित बस्तीहरूमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार पौडेलको टोली जाजरकोट पुगेको हो ।

यो अभियानमा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, पालुङ्टार नगरपालिकाका पूर्व मेयर ई. दीपकबाबु कँडेल, नेपाली कांग्रेस जाजरकोटका नेताहरू- महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशील भट्ट, वडाध्यक्ष ओम ओली, नेपाल तरुण दलका नेता भागवत रेग्मी र नेविसंघका नेताहरू, ४१ जना मिस्त्री र ७५ जना स्थानीय स्वयंसेवकहरू संलग्न रहेको मीन विश्वकर्माले जानकारी दिए । ‘दुःखको यो बेलामा योगदान गर्नु हुने पार्टीका सबै साथीहरूको नेपाली कांग्रेस उच्च प्रशंसा गर्दछ । साथै, यो अभियानमा थप क्रियाशील भई निरन्तर लागि पर्न सबैलाई अपिल गर्दछ,’ विश्वकर्माको भनाई छ ।

प्रेस नोट

‘जाजरकोट भुकम्प’ बाट प्रभावित बस्तिहरुमा एक हजार अस्थायी आवास ‘घर–टहरा’ निर्माण अभियानमा योगदान गर्ने नेपाली कांग्रेसको निर्णय अनुसार केन्द्रीय सदस्य प्रदिप पौडेलको नेतृत्वमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ०५ रघुनाथ, ऐरारी, पोखरा र मुलिमा एक सय अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो अभियानमा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, पालुङ्टार नगरपालिकाका पूर्व मेयर ई. दिपकवावु कँडेल, नेपाली कांग्रेस जाजरकोटका नेताहरू— महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशील भट्ट, वडाध्यक्ष ओम ओली, नेपाल तरुण दलका नेता भागवत रेग्मी र नेविसंघका नेताहरु, ४१ जना मिस्त्री र ७५ जना स्थानीय स्वयंसेवकहरू संलग्न रहेका छन् । दुःखको यो बेलामा योगदान गर्नु हुने पार्टीका सबै साथीहरुको नेपाली कांग्रेस उच्च प्रशंशा गर्दछ । साथै, यो अभियानमा थप क्रियाशील भई निरन्तर लागि पर्न सबैलाई अपिल गर्दछ ।

मीन विश्वकर्मा
प्रमुख