काठमाडौं । दुर्गा प्रसाईँ नेतृत्वको गणतन्त्रविरोधी समूहले भक्तपुरको सानोठिमी क्षेत्रमा प्रदर्शन गरेका छन् । काठमाडौंको तीनकुनेमा प्रशासनले प्रदर्शन गर्न नदिने भएपछि प्रसाईं समर्थकहरुले भक्तपुर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
प्रसाईं समर्थकहरुले अहिले पुरानो ठिमी कमेरोटारस्थित मुख्य सडकमा प्रदर्शन गरिरहेका छन् । अहिले पुरानो ठिमी हुँदै भक्तपुर जाने सडक अवरुद्ध भएको छ ।
तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोज्ने २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईं समूहले बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया