अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार गरिएको छ । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण लस एन्जलसको प्यासिफिक प्यालिसेड्सबाट दशौं हजार मानिसको उद्धार गरिएको हो । अग्नि नियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा धेरै क्षेत्रफलमा फैलिएको बताएका छन् । अग्नि नियन्त्रकहरूले हेलिकप्टर र दमकलको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छन् ।…