अमेरिकी सरकार बजेटबिहीनको अवस्थामा जानबाट रोकिएको छ । खर्च बजेट बिहीन हुन केही घण्टामात्र बाँकी रहँदा संसदका दुबै सदनबाट विधेयक पारित गरेसँगै खर्चविहीन हुनबाट जोगिएको हो । अल्पकालीन विधेयक सुरुमा प्रतिनिधि सभाले पारित गरेको हो । मध्य नोभेम्बरसम्म सरकारलाई खर्च व्यवस्थापन गर्ने तर युक्रेनको लागि कुनै नयाँ सहायता समावेश नगर्ने विधेयक पारित भएको हो ।…