विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने: प्रधानमन्त्री

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन् । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आइतबार न्यूयोर्क आएका प्रधानमन्त्री दाहालले पत्रकारहरुसँगको भेटमा यस्तो बताएका हुन । उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने…