काठमाडौं । क्यानडामा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल किङ सिटीमा आजराति पौने १० बजे शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडामा एकदिवशीय शृङ्खलापछि नेपाल, क्यानडा र ओमानबीच टी–२० शृङ्खला भइरहेको छ…