प्रिमियर लिग फूटबल: लिभरपुल र आर्सनल विजयी

लन्डन । इंग्लिस प्रिमियर लीग फुटबलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । लिभरपुलले आफ्नो पछिल्लो खेलमा लेष्टर सिटीमाथि २–० को जित निकालेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा दुबै गोल डिएगो जोटाले गरेका थिए । उनले ३४औं र ८७औं मिनेटमा गोल गरेका थिए । जितसँगै दोस्रो स्थानको लिभरपुलले २३ खेलबाट ५१ अंक जोडेको…