चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु

काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण आजबाट चीनको बेइजिङमा सुरु हुँदैछ । प्रतियोगिताका केही खेलहरु बुधबारबाट सुरु भईसकेपनि औपचारिक उद्घाटन भने आज हुनेछ । विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १ सय ९ स्वर्ण पदकको लागि भिडन्त…