प्रधानमन्त्री ओलीलाई पाकिस्तानी समकक्षी शरीफले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रूपमा चौथोपटक कार्यभार सम्हालेकोमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बधाई दिएका छन् । पाकिस्तानी प्रधानमन्त्री शरीफले प्रधानमन्त्री ओलीलाई बधाई दिँदै कार्यकालको शुभकामना पनि दिएका छन् । समकक्षी शरीफले पाकिस्तान–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू उत्सुक रहेको बताएका छन् । नेपालस्थित पाकिस्तानी दूतावासका…