काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्ने कुरा बिपीमाथिको ठूलो अन्याय भएको बताएका छन्। शनिवार बिपी कोइरालाको जेल डायरी लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिपीलाई महामानव भन्दै गर्दा महामानवको आवरणभित्र गुम्सिएका महाविचारहरु ओझेलमा परेको बताए। उनले महामानव भनेर बिपीको विचारमा छलफल नै गर्नु नहुने,…