काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताएका छन् । सत्तारुढ दलहरूले नै बजेटको विरोध गरिरहेका बेला उनले बजेटकै कारण सरकार नढल्ने प्रतिक्रिया दिएका हुन् । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धनभित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन…