राष्ट्रपतिविरुद्ध सत्तारुढ दलका विद्यार्थीको संयुक्त प्रदर्शन

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान नै मिचेको आरोपमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले संविधान नै मिचेको आरोप लगाउँदै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् । बिहीबार माइतीघर मण्डलामा गठबन्धनका संयुक्त…