काठमाडौं । सत्तारुढ गठबन्धनले १६५ निर्वाचन क्षेत्रकै अवस्थाको अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको सत्तारुढ गठबन्धनको बैठकले देशभरका निर्वाचन क्षेत्रको अवस्थाबारे अध्ययन गरी विस्तृत प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएको कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘आज फेरि कार्यदलमै जिम्मेवारी…