भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यू

भक्तपुर । भक्तपुरमा पनि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले बिहान साढे ८ बजेबाट अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेका हुन् । जडिबुटीदेखि अरनिको राजमार्ग साँगासम्मको क्षेत्रमा दुई सय मिटर वरपर कर्फ्यू लगाइएको छ । यस्तै पेप्सीकोला मनोहरा पुलेदेखि निकोसेरा चोकसम्म, कौशलटारदेखि बालकोट हुँदै रोजभिलेज र चारदोबाटो चोकसम्म,…