तेहरान । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग नयाँ वार्ताको समर्थन गरेपछि मङ्गलबार आलोचनाको सामना गर्नु परेको छ । आलोचकहरूले मुलुकमा गत महिनाको आक्रमणपछि उहाँमाथि ‘धेरै नरम’ भएको आरोप लगाएका छन् । अमेरिकी मिडिया व्यक्तित्व टकर कार्लसनसँगको अन्तर्वार्ता जारी भएपछि यस्तो आलोचना आएको हो । अन्तर्वार्तामा पेजेस्कियानले दुवै पक्षबिच विश्वास पुनर्निर्माण भएमा इरानलाई वार्ता…