काठमाडौँ । इजरायलमा भएको आमहडतालका कारण व्यापार व्यवसाय, विद्यालय, बैंक तथा यातायात सेवा प्रभावित भएको छ । मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरि बन्द र अवरोधहरू भएका बीबीसीले जनाएको छ । गाजामा बन्धक बनाइएका ६ जनाको शव भेटिएपछि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुविरुद्ध प्रदर्शन चर्किएको हो । प्रदर्शनकारीले प्रधानमन्त्री नेतान्याहुलाई दोष दिँदै युद्धको अन्त्य गरी हमाससँगको सम्झौतामा बन्धकहरूलाई जीवित…