गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्न आवाश्यक कदम चाल्न आह्वान

संयुक्तराष्ट्र । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार गाजालगायत छिमेकी क्षेत्रमा तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन् । असहज परिस्थितिलाई समयमै नियन्त्रण गरी यस क्षेत्रलाई थप हिंसाबाट बचाउन तत्काल कदम चाल्न महासचिव गुटेरेसले आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसंघका शिर्ष अधिकारीले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अभ्याससम्बन्धि समितिको बैठकसमेतमा यो विषयको उठान गरेका…