काठमाडौं । बलिउड अभिनेता गोविन्दा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे नेतृत्वको शिवसेनामा प्रवेश गरेका छन् । उनी बिहीबार मुख्यमन्त्री शिन्देसँगै मुम्बईस्थित शिवसेना कार्यालय पुगेर पार्टीमा प्रवेश गरेका हुन् । शिवसेनामा प्रवेश गरेपछि गोविन्दाले २००४ देखि २००९ सम्म राजनीतिमा रहेको र १४ वर्षपछि फेरि राजनीतिमा आउनु संयोग भएको बताए । शिव सेनाले मुम्बईको उत्तर-पश्चिम लोकसभा सीटबाट गोविन्दालाई टिकट…