बेलायतको राजदरबारभित्रै राजतन्त्रविरोधी प्रदर्शन

लण्डन । राजतन्त्रविरोधी अभियन्ताहरूले शनिबार बेलायतको बकिङह्याम दरबारभित्र प्रदर्शन गरेका छन् । उनीहरूले यसलाई दरबारभित्रै गरिएको पहिलो प्रदर्शन बताएका छन् । बेलायतको सबैभन्दा ठुलो राजतन्त्रविरोधी समूह ‘रिपब्लिक’ ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बेलायतका विभिन्न भागबाट आएका अभियन्ताहरूको एक समूह पर्यटकका रूपमा प्रवेश गरेका थिए । उनीहरूले ग्रान्ड हलमा उभिएर प्रदर्शन गरेका छन् ।’…