संसारभर भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहलाई बेलायतले आतंककारी समूहका रुपमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रतिबन्धपछि वाग्नर समूहमा सदस्य हुन वा सो समूहलाई समर्थन गर्न अवैध हुनेछ । संसदमा पेस भएको मस्यौदा प्रस्तावमा सो समूहको सम्पत्तिलाई आतंकवादी सम्पत्तिका रुपमा वर्गीकृत गर्दै जफत गर्न अनुमति दिनेछ । बेलायती गृहमन्त्रीले वाग्नर हिंसात्मक र विनासकारी समूह…