गोरखाको धार्चेमा पहिरोमा बेपत्ता पाँच जनाको अवस्था अझै अज्ञात

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लाको रेसेमा हिजो पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी शुरू भएको छ । पहिरोमा परेर बेपत्ता भएका पाँच जनाको हिजो दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए । बेपत्ता भएकाको खोजीका लागि…