काठमाडौं । न्यायाधीश भुवन गिरीकी श्रीमती आरतीले सर्वोच्च अदालतको इजलासमा शंकास्पद वस्तु खाएपछि वीर अस्पताल लगिएको छ । आज बुधबार न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेका बेला आरतीले गुट्खाको प्याकेटमा ल्याएको शंकास्पद वस्तु खाएको स्रोतले जानकारी दिएको छ । त्यसपछि उनलाई वीर अस्पताल पठाइएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे जानकारी दिएका…