स्थानीय सरकार जनताको नजिकको सरकार हो । गाउँगाउँमा सिंहदरबार भन्ने नारा अनुसार जनताले तत्कालै महसुस गर्ने सरकारको रुपमा स्थानीय तहले अनुभूति दिलाउन सक्नुपर्छ । केही पालिकाहरुले जनताको माग र आवश्यक्तालाई पूरा गरेका छन् । तर, केही पालिकाहरु भने सामान्य कार्य गर्न पनि असमर्थ छन् । कतै भने गाउँगाउँमा सिंहदरबार होइन छोटे राजाहरुको शासन जस्तो देखिन्छ…