जाडोको मौसम सकिएर चैत्र टेक्दै थियो। बि.स. २०७८ साल फागुन २५ गतेको दिन—आज पनि म सम्झन्छु। पूर्व–पश्चिम राजमार्गको नवलपुरबाट म अलिकति दक्षिणतिर, सदरमुकाम मलंगवा जाने बाटोतर्फ मोडिएको थिएँ। करिब २ किमीको दुरीमा एउटा वृद्धाश्रम छ। त्यहाँ जीवनका पछिल्ला समय बिताइरहेका करिब ५० जना वृद्ध–वृद्धाहरू यत्रतत्र बसेका देखिन्छन्। यस संस्थाका संस्थापक हुनुहुन्छ आफ्नै जमानाका उद्भट क्रान्तिकारी…