सुदूरपश्चिममा माओवादीका बहुमत सांसदले फेरे संसदीय दलको नेता

धनगढी । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका बहुमत प्रदेशसभा सदस्यले संसदीय दलका नेता फेर्ने निर्णय गरेका छन् । प्रदेश संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर नयाँ संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएको उपनेता अक्कर रावलले बताए । धामी यसअघि प्रमुख सचेतक थिए । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता…