काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ। शनिबार बसेको प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो। संसदीय दलका नेता खगराज भट्टको जानकारीबिना उपनेता अक्कल बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन र…