काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को निर्वाचन विवादको छानबिन गर्न एक समिति बनाएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले यस्ताे निर्णय गरेको हो । महान्यायाधिवक्ताको कार्यालयका सह-महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको छानबिन समिति गठन गरिएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन…