काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पार्टी नीतिगत रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आज यहाँ आयोजित चियापन समारोहमा उनले पार्टीको जलेश्वर घोषणाका विषयहरू नीतिगत रूपमा लिपिबद्ध गर्ने काम सुरु गर्न पार्टीलाई सुझाव दिएका हुन् । गत मङ्सिर जलेश्वरमा…