अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डले पाए सफाइ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । सात वर्ष पुरानो एक अभिव्यक्तिलाई लिएर हालिएकाे अवहेलना मुद्दामा उनलाई सर्वोच्च अदालतको संयुक्त इजलासले सफाइ दिएको हो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदावी नपुग्ने’ भन्दै सफाइ दिएको हो । इजलासले रिट निवेदकले माग गरेबमोजिम मुद्दामा प्रतिवादी बनाइएका…