निर्वाचन आयाेगले रेशम चाैधरीलाई नाउपाकाे अध्यक्षमा मान्यता दिएन

काठमाडौं । निर्वाचन आयाेगले नागरिक उन्मुक्ति पार्टीकाे अध्यक्षमा रेशम चाैधरीलाई मान्यता नदिने निर्णय गरेकाे छ । बिहीआार बसेकाे आयाेगकाे बैठकले चाैधरीलाई दलकाे सदस्य बन्न अयाेग्य ठहर गरेकाे हाे । याेसँगै उनी नागरिक उन्मुक्ति पार्टीकाे अध्यक्ष नरहने भएका छन् । हालै पार्टीकाे महाधिवेशनबाट आफू अध्यक्षमा चयन भएकाे भन्दै चाैधरीले अध्यावधिकका लागि आयाेगमा निवेदन दिएका थिए ।…