गृहमन्त्री श्रेष्ठ अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट 'डिस्चार्ज' भएका छन् । महाराजगञ्जकाे बाँसबारीमा रहेकाे शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराएका मन्त्री श्रेष्ठ स्वास्थ्य लाभपछि आज आइतवार 'डिस्चार्ज' भएकाे गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यही मङ्सिर १९ गते केन्द्रमा भर्ना भएका उनको मुटुको 'एन्जियोप्लास्ट' गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक…