एमालेले गठबन्धन तोड्न खोजिरहेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले सत्ता गठबन्धन तोड्ने प्रयास गरिरहेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन तोड्न एमालेले अनेक उपाय लगाइरहेको बताएका हुन् । उनले एमालेले संसदमा नकारात्मक भूमिका खेलिरहेको आरोप लगाए । अध्यक्ष नेपालले २०७९ को निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा…