प्रधानमन्त्रीले पुस १० गते राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यही पुस १० गते राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको एक वर्षे समीक्षास्वरूप प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेको जानकारी दिइन् । “सरकारको एक वर्ष पुग्दै छ । यसको समीक्षास्वरूप…