काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट भएको कैद मिनाहाका विषयमा सरकारसँग जवाफ माग्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट ६ सय ७० कैदी बन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ । सदनबाट यससम्बन्धमा सरकारसँग जवाफ माग्ने र सदनमा…