काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूका बीचमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमण गरी फर्किएपछि…