आठ दलीय गठबन्धनको संयुक्त बैठक स्थगित

काठमाडौँ । राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर आठ दलले आयोजना गर्न लागेको बैठक स्थगित भएको छ। बिहीबार हुने राष्ट्रपति चुनावका लागि बुधबार सत्ता पक्षीय आठ दलले संघीय संसद र प्रदेशसभा सदस्यको संयुक्त बैठक आयोजना गरेको थियो। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको सचिवालयका अनुसार निर्वाचनको मौन अवधि लागू हुने भएपछि स्थगित गर्नुपरेको हो। औपचारिक भेला स्थगित भए पनि…